
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदको अवसरमा किनमेलका लागि बजारमा हुन सक्ने भिडलाई मध्यनजर गर्दै छपकैया २ का युवाहरुले विपन्न वर्गको घर घरमै इदका लागि चाहिने आवश्यक सामाग्री पु¥याउने अभियान शुरु गरेको छ ।
छपकैया २ का युवाहरुले कोरोनाका कारण अहिले बाहिर निस्किने अवस्था नभएकोले आवश्यक सामाग्रीहरु घरमै पुर्याउने व्यवस्था मिलाएको हो ।
विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण वीरगञ्जमा पनि बढ्दो क्रममा रहेको अवस्थामा इदको समयमा बजारमा किनमेल गर्न जाँदा झनै जोखिम बढ्ने हुँदा संक्रमणबाट सुरक्षित रहनका लागि घरमै सामाग्रीहरु उपलब्ध गराइएको छपकैया २ का युवाहरुले जनाएको छ ।
वीरगञ्जको छपकैया २ लगायतका क्षेत्रमा बसोबास गर्ने १६० घर मुस्लिम समुदायका विपन्न परिवारलाई इदमा आवश्यक पर्ने सामाग्री वितरण गरिएको हो । सो अवसरमा सेवई, चिनि, दुध , २ कीलो चावल खरिद गर्नका लागि नगद २ सय वितरण गरिएको छपकौया २ कस युवाहरुले जानकारी दिनुभयो ।यसमा बिदेस गएका छपकैयाका युवाहरुले नी सहयोग गरेका छन ।




