बारा यातायात कार्यालयमा व्यापक अनियमितता भएको आरोप, प्रमुख दास पुनः सरुवा

बारा यातायात कार्यालयमा व्यापक अनियमितता भएको आरोप, प्रमुख दास पुनः सरुवा

बारा यातायात व्यवस्था कार्यालयका प्रमुख अर्बिन्द दासको पुनः सरुवासँगै कार्यालयभित्र वर्षौंदेखि चल्दै आएको अनियमितता,भ्रष्टाचार र बलजफ्तीको जालो अझै रोकिएको छैन भन्ने गम्भीर आरोप सार्वजनिक भएका छन्। दासको नेतृत्वमा कार्यालयमा चलेको भनिएको लुटतन्त्र,दुरुपयोग र कर्मचारीमाथिको दबाबगत गतिविधिले स्थानीय प्रशासनदेखि आमसर्वसाधारणसम्म चिन्तित भएको बताइन्छ।

यसअघि रौतहट यातायात कार्यालयमै विभिन्न भ्रष्टाचारसम्बन्धी गुनासो बढेपछि दासलाई त्यहाँबाट हटाइएको थियो भन्ने पनि स्रोतको दाबी छ।

कार्यालयभित्र ‘भाइ–भारदारको सञ्जाल’ सक्रिय भएको आरोप

प्रमुख दास बारा सरुवा भए पनि उनका दुई भाइ भिखारी दास र बिकेश दास—करारमा नियुक्त भई कार्यालय सञ्चालनका महत्वपूर्ण भागमा सक्रिय रहेका आरोप छन्। ती दुवै व्यक्तिलाई प्रमुख दासकै कार्यकालमा करारमा लगाइएको थियो भन्ने दाबीसमेत आएको छ।

स्रोतका अनुसार,भिखारी दास कार्यालयको भित्री प्रशासन र पहुँच नियन्त्रणमा,बिकेश दास सवारी अनुमतिपत्र (लाइसेन्स) प्रक्रियाबाट अवैध रकम उठाउने व्यवस्थामा, र चालक सुशील सिंह तथा रौतहटबाट ल्याइएका सई किरण कार्कीलाई समेत दास परिवारको निर्देशनमा काम गराइने गरिएको छ भन्ने आरोप छन्।

परीक्षा प्रक्रियामै हेरफेर भएको गम्भीर आरोप

लिखित तथा ट्रायल परीक्षा प्रक्रियामा समेत कार्यालयले आफ्नो मनपरी चलाउने गरेको सबै कर्मचारीलाई समावेश नगरिएको,दाससम्बन्धी व्यक्तिहरूलाई मात्रै प्रवेश दिइने,सीसीटीभी फुटेज जाँचन नदिइने,“पास–फेल” नतिजा इच्छानुसार बनाइने।

जस्ता गम्भीर अनियमितता र हस्तक्षेप विषयक उजुरी प्रशासनमा पुगेका छन्।

कर्मचारीहरूले आफूहरूलाई जबरजस्ती फसाइने, “काम गर्दा डर लाग्ने वातावरण” सिर्जना हुने, र विरोध गर्दा पदको जोखिम हुने अवस्था बनाइएको गुनासो गरेका छन्।

इजाजतपत्र तथा राजस्वसम्बन्धी प्रक्रियामा पैसाको लेनदेन?

इजाजतपत्र (लाइसेन्स) र विभिन्न नवीकरण प्रक्रियामा
आन्तरिक कानुनी प्रक्रिया पूरा नगरिकनै पैसा असुल्ने,उजुरी परे पैसा र पहुँच प्रयोग गरी मामिला दबाउने।

जस्ता गतिविधि सञ्चालन भएको सूचना प्रशासनमा पुगेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पुष्टि गर्दै, अनुगमनका क्रममा ट्रायल परीक्षा रोकिएको र प्रमुख दास कार्यालयमै अनुपस्थित भेटिएको बताए।

अर्बिन्द दास र उनका नातेदारहरूको नाममा विभिन्न स्थानमा घर–जग्गा खरिद, काठमाडौंदेखि गाउँसम्म सम्पत्ति थपेको, धार्मिक तथा सामाजिक गतिविधिका नाममा प्रभाव जमाउने प्रयास गरेको जस्ता दाबीहरू पनि अगाडि आएका छन्।
यद्यपि, यी सबै विषयहरू अहिलेसम्म प्रमाणित नभएका आरोप मात्र हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close