राजा आऊ देश बचाउ भन्दै पोखरामा प्रदर्शन

पोखरा, मंसिर १०
देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै बुधबार पोखरामा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् ।

पोखराको अमरसिंहचोकबाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरोकिलोमिटर , सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, गणतन्त्र मुर्दावाद, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता प्ले कार्ड बोक्नुको साथै बाजागाजासहित पोखरा शहर परिक्रमा गरेका थिए ।

राजावादीको बाक्लो उपस्थिति रहेको र्यालीमा कास्की तथा छिमेकी जिल्ला स्याङ्जा र तनहुँबाट समेत सहभागिता रहेको थियो । अप्रिय घटना हुन नदिनका लागि कास्की प्रहरीले कोण सभा र र्यालीमा सुरक्षा मजबुत बनाएको थियो । सभार पोखरा न्यूज़ डटकम ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close