सुनसरीदेखि विश्व मञ्चसम्म: रिजवान आलमले नेपाली क्षमताको अन्तर्राष्ट्रिय पहिचान स्थापित गरे

सुनसरीदेखि विश्व शक्ति केन्द्रसम्म: हुने बिरुवाको चिल्लो पात बनेका रिजवान आलमले नेपाली क्षमताको अन्तर्राष्ट्रिय पहिचान चम्काए

नेपालको पूर्वी जिल्ला सुनसरीबाट उदाएका रिजवान आलमले सीमित स्रोत र चुनौतीपूर्ण परिस्थितिका बाबजुद अन्तर्राष्ट्रिय कूटनीति, व्यापार र भूराजनीतिक सञ्जालमा नेपाली उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याएका छन्। उनी व्यक्तिगत सफलतामा सीमित नभएर नेपाली प्रतिभा र स्रोतलाई विश्वस्तरीय मानचित्रमा देखाउने जीवित उदाहरण बनेका छन्।

उनी सरल, `कोमल र निडर स्वभावका व्यक्ति हुन्´ जसले आफ्नो अडिग संकल्प, असीम आत्मविश्वास र दूरदर्शी रणनीतिक सोचको माध्यमबाट स्थानीय सीमाभन्दा बाहिर निस्किएर विश्वका प्रभावशाली शक्ति केन्द्रसम्म आफ्नो यात्रा तय गरेका छन्।

रिजवान आलम युएई, अरब क्षेत्र र भारतसँग त्रिपक्षीय सहकार्य स्थापना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय नजरमा ल्याउन सफल भएका छन्। उनी आज मन्त्री, राजपरिवार, नीति निर्माताहरू र अन्तर्राष्ट्रिय संस्थासँग प्रत्यक्ष सम्पर्क राख्ने मुख्य कनेक्टर बनेका छन्। उनका पहलहरूले रोजगार सिर्जना, लगानी प्रवर्द्धन र नेपाल–भारत–अरब त्रिपक्षीय सहकार्यलाई मजबुत बनाएका छन्।

उनका प्रमुख उपलब्धिमा अरब संसदसँग प्रत्यक्ष व्यापार साझेदारी स्थापना, उच्चस्तरीय कूटनीतिक भ्रमण सहजीकरण र नेपालका जलविद्युत् क्षेत्रमा महत्वपूर्ण FDI सम्झौताको सफल सहजीकरण उल्लेखनीय छन्। यस्ता पहलहरूले नेपाललाई अन्तर्राष्ट्रिय कूटनीति, व्यापार र लगानीको नयाँ धरातलमा स्थापित गरिरहेका छन्।

दुबईमा सम्पन्न त्रिपक्षीय संवादमार्फत नेपाल, भारत र युएईबीच ऊर्जा, लगानी, पर्यटन र मानव संसाधन क्षेत्रमा रणनीतिक साझेदारीका अवसरहरू खुलिसकेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव, अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल यामाही र युएईका राजकुमारसँग प्रत्यक्ष भेटघाटमार्फत नेपालको स्रोत, प्रतिभा र अवसरलाई वैश्विक मंचमा प्रस्तुत गरिएको छ।

विशेषगरी रिजवान आलमको नेटवर्कले दक्षिण एसिया, अरब क्षेत्र र भारत–मध्यपूर्व रणनीतिक कोरिडोरबीच सेतु निर्माण गरी त्रिपक्षीय सहकार्यलाई व्यवहारिक बनाएको छ। यसले नेपालको भूराजनीतिक प्रभाव र आर्थिक पहुँच विस्तारमा नयाँ ढोका खोल्ने संकेत दिएको छ।

डिजिटल पुस्ताका प्रतिनिधि, रणनीतिक सोच र विश्वव्यापी पहुँच भएका व्यक्तिहरू राष्ट्रको छवि मात्र सुधार्दैनन्, नयाँ गठबन्धन र दीर्घकालीन सहकार्यको ढोका पनि खोल्दछन्। रिजवान आलम यही दृष्टान्त हुन्, जसले नेपाली युवापुस्तालाई परम्परागत भूमिकाबाट बाहिर निकाल्दै अन्तर्राष्ट्रिय नेतृत्व तहमा प्रवेशको बाटो देखाएका छन्।

सुनसरीदेखि विश्व शक्ति केन्द्रसम्मको रिजवान आलमको यात्रा केवल व्यक्तिगत सफलता होइन। यो नेपाली युवापुस्ताका लागि संघर्ष, दृष्टि र विश्वव्यापी सोचले सीमा नाघ्न सक्ने स्पष्ट सन्देश हो। यदि राज्य र संस्थाहरू यस्ता व्यक्तित्वसँग सहकार्य गर्छन् भने नेपालको कूटनीतिक र आर्थिक प्रभाव अझ सुदृढ बन्न सक्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close