पर्सा ४ बाट टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने

पर्सा ४ बाट टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा सक्रिय नेता टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विधिवत रूपमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका शाक्यलाई रास्वपाले पर्सा–४ बाट उम्मेदवारका रूपमा अगाडि सारेको छ।

क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्राका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शाक्यलाई सो क्षेत्रका लागि उम्मेदवार (सम्भावित/उम्मेदवार) का रूपमा अघि बढाउने निर्णय गरेको हो। यस विषयमा प्रतिक्रिया दिँदै शाक्यले आफू पर्सा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएर चुनाव लड्ने स्पष्ट पारेका छन्।

शाक्यलाई पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य नन्दन यादव र पर्सा जिल्ला अध्यक्ष हरिपन्तले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा–४ मा संगठन सुदृढ गर्दै नयाँ नेतृत्व अघि सार्ने रणनीतिअन्तर्गत शाक्यलाई उम्मेदवार बनाइएको बताइएको छ। शाक्यको प्रवेशसँगै पर्सा–४ मा रास्वपाको राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close