पोखरिया नगरपालिकाको १०औं नगरसभा सम्पन्न, मेयर चौहानले विकास र समृद्धिको प्रतिबद्धता व्यक्त गरे

पोखरिया नगरपालिकाको १०औं नगरसभा सम्पन्न, मेयर चौहानले विकास र समृद्धिको प्रतिबद्धता व्यक्त गरे

पर्साको पोखरिया नगरपालिकाको नगरसभाको १०औं अधिवेशन सोमबार सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटन गर्दै मेयर प्रदुमन चौहानले पोखरिया नगरपालिकाको विकास र समृद्धिका लागि आफु पूर्ण रूपमा लागिपरेको बताउनुभयो। उहाँले अहिलेसम्म मालपोत र नापी कार्यालयको सेवा विस्तार गरिसकेको जानकारी दिनुहुँदै, पोखरियामै ईलाका प्रशासन कार्यालय स्थापना गर्ने अन्तिम तयारीमा रहेको पनि साझा गर्नुभयो।

 

मेयर चौहानले विकास निर्माणका काममा यहाँका सबै राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरी अघि बढिरहेको बताए।

नगरसभाको अधिवेशनमा प्रमुख प्रशासनिक अधिकृत धर्मानन्द जोशीले आफू भर्खरै आएको बताउँदै, नगरपालिका कार्यालयबाट हुने सेवा प्रवाह अझ सहज र छरितो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपमेयर प्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने वडाध्यक्ष लक्षमण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, सियानन्द चौहान, प्रमानन्द पटेल, किसोरी साह तथा कार्यपालिका सदस्य रामवचन महतो र अजय साहले नगरसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close