बिरगंजमा खसीको मासु भनि बाख्राको मासु बिक्री गर्ने रोज अन्सारी पक्राउ ।

अजित भुजेल

बिरगंज , साउन २२ गते शुक्रबार ।

पर्सा प्रहरीले खसीको मासु भनी बाख्राको मासु विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउसोको ४ बजे तिर पर्सा जिल्ला बिरगंज म.न.पा.वडा नं.१३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा काम गर्ने सोही ठाउँका २८ वर्षीय रोज अन्सारीले खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको बेला पक्राउ गरेको हो।

सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको टोलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले कालो बजारी मुद्दा अन्तर्गत कार्वाही हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close