नेपाली काँग्रेस पर्साद्वारा गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा मनोनयन

नेपाली काँग्रेस पर्साद्वारा गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा मनोनयन

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणको क्रमलाई तीव्र बनाएको छ। पार्टीको निर्णयअनुसार धिरज गुप्तालाई सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजक पदमा मनोनयन गरिएको छ।

जिल्ला कार्य समिति पर्साका निर्णयअनुसार फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्तिलाई सशक्त रूपमा परिचालन गर्न आवश्यक ठहर गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको हो।

जिल्ला सचिव दिनेश कुमार चौधरीद्वारा जारी मनोनयन पत्रमा गुप्ताले प्राप्त जिम्मेवारी निष्ठा र इमान्दारिताका साथ पूरा गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, मनोनयनसँगै पाँच दिनभित्र उपसमिति विस्तार गरी जिल्ला कार्य समितिलाई जानकारी गराउन अनुरोध गरिएको छ।

नेपाली काँग्रेस पर्साले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत निर्वाचन अभियानलाई थप सशक्त बनाउने अपेक्षा लिएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close