
सेयर बजारमा आज ठूलो गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३.७९ प्रतिशतले कम हो। बजार निरन्तर ओरालो लागेपछि लगानीकर्तामा अन्योल र त्रास बढेको छ।
यसैबीच, घट्दो बजारको विरोधमा शेयर लगानीकर्ताहरु सिंहदरबारतर्फ प्रदर्शनका लागि गएका थिए। दक्षिणगेट अगाडि लगानीकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। तिलक कोइराला र विकास श्रेष्ठसहितको समूह त्यहाँ पुगेपछि प्रहरीले उनीहरुलाई अघि बढ्न रोकेको थियो।
प्रहरीको अवरोधपछि लगानीकर्ताहरु आयल निगम अगाडि पुगेर विरोध प्रदर्शन गरिरहेका छन्। बजारमा आएको तीव्र गिरावट र नीतिगत अन्योलका कारण लगानीकर्ताहरु आक्रोशित बनेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




