
वीरगन्ज–१४ स्थित बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) ले सञ्चालनको पहिलो वर्षमै शतप्रतिशत नतिजा ल्याउँदै मधेस प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
सीटीईभीटीईले शुक्रबार पीसीएल नर्सिङ संकायतर्फको पहिलो वर्षको परीक्षाको प्रकाशित गरेको नतिजामा बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) ले शतप्रतिशत नतिजा ल्याउँदै मधेस प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
शुक्रबार प्रकाशित नर्सिङतर्फको पहिलो वर्षको परीक्षाको नतिजा अनुसार, बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) का सबै ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८१÷०८२ देखि पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट (एचए) र बीफार्मा संकायको अध्यापन सुरु गरेको बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) मा हाल तीन वटै संकायका गरी पहिलो र दोस्रो वर्षका कूल दुई सय विद्यार्थीहरु अध्ययनरत छन् ।
आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालित बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) मा शैक्षिक गुणस्तरमा कलेज व्यवस्थापनले कुनै सम्झौता नगरेको र विद्यार्थी तथा शिक्षकहरुको मेहनत र लगनशीलताले सञ्चालनको पहिलो वर्षमै शतप्रतिशत नतिजा ल्याउन सफल भएको बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) प्रालिका अध्यक्ष डा. अबुल हैस अन्सारीले बताए ।
शुक्रबार सीटीईभीटीईले प्रकाशति गरेको नतिजा अनुसार मधेस प्रदेशमा दास्रो स्थान सप्तरीको राजविराजस्थित छिन्नमस्ता एजुकेशन एकेडेमीले प्राप्त गरेको छ । उक्त कलेजका ४० मध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै वीरगन्जकै एभरग्रिन टेक्निकल इन्स्च्युट अफ हेल्थ साइन्स ४० मध्ये ३४ विद्यार्थी उत्तीर्ण गराउँदै मधेस प्रदेशमा तेस्रो भएको छ । मधेस प्रदेशमा पीसीएल नर्सिङको पठनपाटन हुने निजी कलेज १९ वटा रहेका छन् ।



