बिरगंजमा प्रथम श्री गहवामाइको निशान सहितको डोलि यात्रा हुने

बिरगंजमा प्रथम श्री गहवामाइको निशान सहितको डोलि यात्रा हुने

माईस्थान संचालक समितीले बिरगंजमा पहिलो चोटि गहवामाइको निशान सहितको डोलि यात्राको आयोजना गर्ने भएको छ ।यहि बैशाख ४ गतेका दिन बेलुका ४ बजे देखि गहवामाइ मन्दिरमा पुजा पाठ गरि भब्यरुपले यात्रा निकालिने सचालक समितिका अध्यक्ष नरेन्द्र साह ले जानकारी गराएका छन ।

आज माइस्थान मन्दिरको अतिथी सदनमा पत्रकार समेलन गर्दै समिति ले प्रथम निसान सहितको डोलि यात्रा गहवा माई मन्दिरको प्राङ्गणबाट प्रारम्भ भई रोड नम्बर २ बाट हुँदै बिर्तामाई मन्दिर , अलखिया मठ ,महावीर मन्दिर ,घण्टाघर हुँदै पुन: गहवामाइ मन्दिरको प्राङ्गणमा समाप्त हुने जनाएका छन ।

यात्रामा अनुमानित खर्च आठ लाख देखि दस लाख लाग्ने बताइएको छ । सो खर्च बाट आधा भन्दा बडि खर्च माइस्थान संचालक समिती का कोषाध्यक्ष तथा नारायणी सेन्ट्रल होस्पिटलका निर्देशक डा.प्रमोद सरार्फले आफ्नो ब्यक्तिगत सहयोगमा ब्यहोर्ने तथा थप खर्च संचालक समितिले ब्यहोर्ने बताइएको छ । त्यस्तै चन्दा तथा सहयोगका लागि अपिल नगर्ने तथा दाता बाट प्राप्त सहयोग लाई स्वीकार गर्ने समितीले जनाएको छ । यात्राका लागि निसान १५०० झण्डा समितिले उपलब्ध गराउने तथा प्रति झण्डाका लागि रु ५०५ सहयोग राशिफल टोकिएको जनाएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close