गोल्छा पक्राउको भिडियो खिच्दा सञ्चालकमाथि प्रहरीको दुर्व्यवहार, धम्की दिएको आरोप

फोटो - NagarikNews

काठमाडौं — व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट दुर्व्यवहार भएको आरोप लागेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक प्रहरीले नेपाल रिपब्लिक लिमिटेडका सञ्चालक रोमनाथ घिमिरेलाई धम्क्याएको घटनाले विवाद निम्त्याएको हो।

घटना नारायणचौरस्थित गोल्छा हाउस आसपासको क्षेत्रमा भएको बताइएको छ। एक रेष्टुरेन्टमा बसिरहेका घिमिरेले गोल्छा पक्राउ परेको दृश्य फोटो तथा भिडियो खिच्न खोज्दा प्रहरी आक्रामक बनेको आरोप छ।

घिमिरेका अनुसार आफूले मिडियासँग सम्बन्धित भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा पनि प्रहरीले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको र ‘जे पनि गर्न सक्छु’ भन्दै धम्की दिएको बताए।

“हामीले कुनै अवरोध गरेका थिएनौँ, पक्राउ प्रक्रिया मात्र खिच्ने प्रयास गरेका थियौँ,” घिमिरेले भने, “तर प्रहरीले अपमानजनक व्यवहार गर्‍यो।”

प्रहरीले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

उक्त घटनाले प्रेस स्वतन्त्रता र सुरक्षाकर्मीको आचरणबारे प्रश्न उठाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close