बारामा आफ्नै कार्यालय सहयोगीद्वारा १५ लाख फिरौती माग, एक घन्टा भित्र पैसा नदिए गोलि हान्ने धम्कि ।

अजित भुजेल

बारा,असार २ गते बुधबार ।

बारामा आफ्नै कार्यालयका सहयोगीद्वारा १५ लाख फिरौतीको माग गरेको बारा प्रहरीले जनाएको छ ।बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली मार्ने धम्की दिई फिरौती मांगेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बाराको सुवर्ण गाउपालिका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवलाई धम्की दिई फिरौती मांगेको आरोपमा सुवर्ण गाउपालिकाको करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत वडा नम्बर ४ निवासी मुकेश प्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोन मार्फत १५ लाख रूपैया एक घण्टा भित्र नदिए गोलि हानी ज्यान मार्ने धम्की दिई फिरौती मांगेको आरोपमा मुकेश प्रसाद यादव पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो।अधिकृत श्रीवास्तवलाई एनसेलको अपरीचित नम्बरबाट पटकपटक फोन तथा एसएमएस गरि फिरौती मांग गरेको भन्ने अडियो सहितको सूचनाको आधारमा मुकेश प्रसाद यादवलाई पक्राउ गरिएको प्रवक्ता मिश्रले बताए ।

फिरौती मांग गरेको अडियो सहितको सूचना प्राप्त हुन साथ तत्काल अनुसन्धान टोली गठन गरी मुकेश प्रसाद यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close