मेल्भिन जोन्सको सम्झनामा हिमाली चुचुरो ‘मेल्भिन जोन्स पिक’ नामकरण

मेल्भिन जोन्सको सम्झनामा हिमाली चुचुरो ‘मेल्भिन जोन्स पिक’ नामकरण

विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको सम्झनामा लायन्स अफ नेपालले एक हिमाली चुचुरोलाई ‘मेल्भिन जोन्स पिक’ नाम दिएको छ।

लायन जिम्बा जगम्बु शेर्पाको आयोजनामा सम्पन्न उक्त अभियानअन्तर्गत पर्वतारोही लायन दबाब क्षेत्री शेर्पा र लायन फुर्वा क्षेत्री शेर्पाले ५,६३० मिटर अग्लो चुचुरोको सफल आरोहण गर्दै शिखरमा लायन्स अन्तर्राष्ट्रिय झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराएका थिए। यस ऐतिहासिक उपलब्धिसँगै उक्त चुचुरोलाई ‘मेल्भिन जोन्स पिक’ नामकरण गरिएको हो।

नेपालका पहिलो अन्तर्राष्ट्रिय निर्देशक लायन ई. संजय खेतानले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्वतारोही टोली र आयोजकप्रति प्रशंसा व्यक्त गर्दै हार्दिक धन्यवाद दिएका छन्। त्यसैगरी, भूपू अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पनि शुभकामना व्यक्त गरेका छन्।

यस उपलब्धिप्रति देश तथा विदेशका विभिन्न व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। शुभकामना व्यक्त गर्नेहरूमा मिलन थापा, राजन लम्साल, विनय बस्नेत, नीरा ब्रजाचार्य, नवराज सापकोटा, याक नारायण शर्मा, सन्दीप कसौदिन, आरबी पाण्डे, शम्भु नकर्मी, संगीता खेतान, सञ्जय शाह, एचएन सिंह, तरुण मेहरा, कृष्ण ढुंगाना, जनार्दन तिवारी फुयाँल, राजेन्द्र कृष्ण फुयाँल, राजेन्द्र ऋषि, राजन तिवारी ओबेरोय, प्रणिता बराल, अर्चना केसी, मञ्जु कार्की, अम्बिका भट्टराई काफ्ले, प्रमिला लामिछाने, पार्वती कार्की, महावीर रिसाल, श्याम किशोर दास, तुलसी के. क्षेत्री, तनुज अग्रवाल, रेणुका श्रेष्ठ, किरण सुकुमार थापा, किरण सुवेदी, अनमोल नारायण चटर्जी, सुशीला शाह, सिद्धार्थ मजुमदार, अशोक कुमार शाह, बासु तिमिल्सिना, नरोत्तम पाण्डे, मीनाक्षी कर्माचार्य, अशोक बेरीवाल, सोनी अग्रवाल, सलमा खातुन, सुरेश रुंग्टा, प्रकाश बाहेती, पिया सिंह, प्रभात आनन्द सिंह, प्रसिद्धि आनन्द सिंह, रामेश्वर प्रसाद लगायत रहेका छन्।

त्यस्तै, वीरगञ्जका आजीवन लायन सदस्य राधेश्याम खेतानले यस उपलब्धिप्रति खुशी व्यक्त गरेका छन्। भारतको बिहारबाट लायन्स जिल्लाका पूर्व जिल्ला गभर्नर प्रकाश नन्द, विनोद अग्रवाल, देशबन्धु गुप्ता, नम्रता सिंहलगायतले पनि शुभकामना सन्देश पठाएका छन्।

लायन्स क्लब अफ रक्सौलका अध्यक्ष लायन बिमल सर्राफ, सचिव मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार तथा अञ्चल अध्यक्ष लायन शम्भु प्रसाद चौरसियालगायत क्लबका सदस्यहरूले यस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थासँग आवद्ध हुन पाउँदा गर्व महसुस भएको बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close