
बीरगन्ज, १२ जेठ – बीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ४१जना पुरुष र दुईजना महिलाले कोरोना विरुद्धको लडाई जितेका छन् । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थप ४४जनाको पनि पछिल्लो रिपोट नेगेटिभ आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
आज बिहान नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि रिपोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने प्रक्रिया अघि बढेपछि अाज डिस्चार्ज गरिएको छ ।
निको हुने संक्रमितहरुमध्ये २ जना पत्रकार पनि छन् । सर्लाही, बारा तथा पर्साको बीरगन्ज, धोबिनी, छिपहरमाईका र एक जना भारतीय सहित ४३जना आज डिस्चार्ज भएको हो।
अस्पतालबाट ४३ जना सबै डिस्चार्ज हुने भएपछि अब गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमित मात्र रहने छन् ।




