
समाजसेवी प्रबेज अख्तरले हिन्दु समुदायको आस्थाको केन्द्रका रूपमा स्थापित चौथो विशाल गहवामाई रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी, श्रद्धालु भक्तजन, नगरवासी तथा देश–विदेशमा रहेका नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले धार्मिक आस्था, सामाजिक सद्भाव, आपसी भाइचारा तथा सांस्कृतिक एकताको प्रतीकका रूपमा आयोजना हुन लागेको यस ऐतिहासिक रथयात्राले सम्पूर्ण समाजमा शान्ति, समृद्धि, सुख, स्वास्थ्य तथा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। माता गहवामाईको असीम कृपाले सबैको जीवनमा सुख, समृद्धि, प्रगति र मंगलमय भविष्यको मार्ग प्रशस्त होस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ।
समाजसेवी अख्तरले असार ३२ गते बिहीबार बिहान ७:३० बजे गहवामाई मन्दिर प्राङ्गणबाट रथयात्रा भव्य रूपमा प्रारम्भ हुने जानकारी दिँदै सम्पूर्ण मार्गमा हेलिकप्टरमार्फत पुष्पवर्षा गरिने विशेष आकर्षण रहने उल्लेख गर्नुभएको छ। साथै उक्त दिव्य धार्मिक यात्रामा सहभागी भई माता गहवामाईको दर्शन, पूजा–आराधना तथा धार्मिक पुण्यलाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई हार्दिक आग्रह गर्नुभएको छ।
लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको यस धार्मिक महोत्सवलाई सभ्य, भव्य, मर्यादित, शान्तिपूर्ण तथा सुव्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण नगरवासी, श्रद्धालु भक्तजन, सामाजिक संघ–संस्था, युवा, स्वयंसेवक तथा सरोकारवाला सबैलाई सक्रिय सहयोग, सहभागिता र सद्भावका लागि उहाँले हार्दिक आह्वान गर्नुभएको छ।
अन्त्यमा समाजसेवी प्रबेज अख्तरले चौथो विशाल गहवामाई रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को पूर्ण सफलताको कामना गर्दै माता गहवामाईको असीम कृपाले सम्पूर्ण मानव समुदायमा सुख, शान्ति, समृद्धि, आरोग्यता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम रहोस् भन्ने मंगलकामना व्यक्त गर्नुभएको छ।



