हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन

हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन

वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्जको सञ्चालक समिति पुनर्गठन गरिएको छ। क्याम्पसले सूचना जारी गर्दै २०८३ असार १६ गते सम्पन्न पुनर्गठन कार्यमार्फत नयाँ पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको जनाएको छ।

क्याम्पस प्रशासनका अनुसार नवगठित समितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा उत्तरोत्तर प्रगतिका लागि सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

पुनर्गठित सञ्चालक समितिमा डा. रामअवतार खेतान अध्यक्ष, हरि प्रसाद गौतम उपाध्यक्ष तथा सुरेश कुमार रँगटा कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी वेदबहादुर कार्की र बर्जित कौर सदस्य, किशोरी राय सदस्य सचिव तथा जयप्रकाश खेतान सल्लाहकारको जिम्मेवारीमा रहेका छन्।

क्याम्पसले सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई नयाँ समितिको जानकारी गराउँदै नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close