
बाराको सिमरास्थित जगदम्बा स्टिल्स्मा भट्टी पड्किएर भएको आगालागीमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा उद्योगमा कार्यरत फायरमैन र वेल्डर रहेको प्रहरीले जानकारी गराएको हो । मृतकहरुको पहिचान भने खुलीसकेको छैन ।
घाईते भएकाहरुको नजिकै अस्पतालमा उपचार भईरहेको जनाइएको छ । शनिबार साँझ भट्टी पड्किएर उद्योगमा भएको आगलागी हाल नियन्त्रणमा आईसकेको प्रहरीले जानकारी गराएको हो । क्षतिको विवरण संकलन भईरहेको छ । Nepal post daily
आफ्नो प्रतिक्रिया दिनुहोस




