भारतबाट आएका बाग्लुङका ६ जनामा देखियो कोरोना 

भारतबाट आएका बाग्लुङका ६ जनामा देखियो कोरोना

मंगलबार बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिए।

अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ।सबै संक्रमित भारतबाट आएको खुलेको छ।सैंजूले उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए।

योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ।बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको हो।

उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्।

अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।मंगलबार राति मात्र वीरगन्जमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज भएका छन्।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close