व्यक्तित्व विकास सम्बन्धि अनलाईन सेमिनार सम्पन्न

बीरगन्ज – टिम नेपाे पर्सा र टिम नेपा काठमाण्डाैको आयोजनमा व्यक्तित्व विकास सम्बन्धित अनलाईन सेमिनार सम्पन्न भएको छ ।

लकडाउनको समयमा सूचना प्रविधिलाई सदुपयोग गर्दै क्लबले आइतबार व्यक्तित्व विकास सम्बन्धित अनलाईन सेमिनार सम्पन्न गरेको हो । जुम एप मार्फत देशभरका विभिन्न क्षेत्रमा रहेका युवाहरुलाई लक्षित गर्दै सेमिनारको आयोजना गरिएको टिम नेपाे पर्साले जनाएकाे छ ।

सेमिनारमा व्यक्तित्व विकासका लागि महत्वपूर्ण हुने विभिन्न पक्ष जस्तै पब्लिक स्पिकिङ्ग, नेतृत्व विकास, समय व्यवस्थापन, समयको महत्व, सञ्चार र प्रविधिको सदुपयोग जस्ता विषयहरुमा चर्चा गरिएको जानकारी गराए ।

सहभागीहरूलाइ ख्याती प्राप्त प्रशिक्षक राजन काेइरालाले प्रशिक्षण दिएका थिए । सेमिनारले लकडाउनका समयमा खैर गइरहेको समयलाई सदुपयोग गर्न राम्रो अवसर दिएको सहभागीहरूकाे प्रतिक्रिया छ । कार्यक्रममा ५५ जना युवाहरू सहभागी थिए ।सो कार्यक्रम टीम नेपोको फेसबुक पेजबाट पनि प्रत्यक्ष लाईभ गरीएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close