NICCI वीरगञ्ज च्याप्टरद्वारा PMDRF का लागि रु. ६५,६०० सहयोग संकलन

NICCI वीरगञ्ज च्याप्टरद्वारा PMDRF का लागि रु. ६५,६०० सहयोग संकलन

वीरगञ्ज। नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI), वीरगञ्ज च्याप्टरका सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMDRF) का लागि रु. ६५,६०० सहयोग राशि संकलन गरेका छन्।

बाढी, पहिरोलगायत विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग राशि संकलन गरिएको हो।

सहयोग अभियानमा अभिषेक चौधरी, अमित गुप्ता, विक्की जयपुरिया, निरज अग्रवाल, देवरत आर्याल, सुमित केयाल, पंकज अग्रवाल, चन्दन सिंह, निर्मल खतरी, दीपेश अग्रवाल, रजत सचदेवा, सन्तोष जायसवाल, आकाश सर्राफ, किशन केयाल, कृष्ण अग्रवाल, विवेक कुमार, रौनक केयाल, ज्योति रुंगटा तथा अवधेश सरावगीले योगदान गर्नुभएको छ।

यसैबीच, शनिबार NICCI वीरगञ्ज च्याप्टरको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहयोग अभियानसम्बन्धी पत्र बुझाएको छ। प्रतिनिधिमण्डलमा अभिषेक चौधरी, रजत सचदेवा, विक्की जयपुरिया, धीरज दरुका तथा देवरत आर्याल सहभागी हुनुहुन्थ्यो।

NICCI मुख्य कार्यालयबाट उपलब्ध गराइएको आधिकारिक बैंक विवरणअनुसार संकलित रु. ६५,६०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMDRF) को आधिकारिक खातामा जम्मा गरिने जनाइएको छ।

NICCI वीरगञ्ज च्याप्टरले मानवीय तथा सामाजिक सहयोग अभियानमा योगदान गर्नुहुने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेको छ। साथै, विपद्का बेला NICCI परिवारले देखाएको सहयोग, एकता तथा सामाजिक उत्तरदायित्वको भावनाको प्रशंसा गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close