जिराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत चयन

जिराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत चयन

वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जिराभवानी गाउँपालिकाको गाउँपालिका अधिवेशनबाट सभापतिमा सरोज चौरसिया सर्वसम्मत चयन भएका छन्।

गाउँपालिका कार्यसमिति गठन तथा नेतृत्व चयनका क्रममा विभिन्न पदका लागि उम्मेदवारहरूको नाम प्रस्ताव गरिएको हो।

पत्रमा उल्लेख भएअनुसार गाउँपालिका कार्यसमितिको सभापतिमा सरोज चौरसिया, उपसभापतिमा उमेश राउत र बसन्ती देवी, सचिवमा जयनारायण राउत तथा सहसचिवमा शठधन थारु लगायतका नाम प्रस्ताव गरिएको छ।

गाउँपालिका कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्य गरी १७ जनाको नाम समावेश गरिएको छ। अधिवेशनबाट प्रस्तावित नामअनुसार कार्यसमिति गठन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close