पर्सा राष्ट्रिय निकुञ्जका पोस्ट व्यवस्थापन र वन क्षेत्रका बाटोघाटो सरसफाइलाई प्राथमिकता

पर्सा राष्ट्रिय निकुञ्जका पोस्ट व्यवस्थापन र वन क्षेत्रका बाटोघाटो सरसफाइलाई प्राथमिकता

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले कार्यभार सम्हालेसँगै निकुञ्जअन्तर्गतका पोस्टहरूको व्यवस्थापन, वन क्षेत्रका बाटोघाटोको सरसफाइ तथा सवारीसाधनको मर्मतसम्भारलाई प्राथमिकता दिने बताएका छन्।

निकुञ्जअन्तर्गत चारभैयादेखि रामभौरी भाठा तथा गडुवा पोस्टसम्मका वन क्षेत्रभित्र रहेका बाटोघाटोको सरसफाइ कार्य अघि बढाइने उनले जानकारी दिएका छन्। यसका साथै गडुवा पोस्टका लागि तत्काल हात्तीको व्यवस्था गरिने र निकुञ्जका विभिन्न पोस्टमा रहेका सवारीसाधनको आवश्यक मर्मतसम्भार गरिने उनले बताएका छन्।

वन तथा वन्यजन्तु संरक्षणको कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले पोस्टहरूको व्यवस्थापन, कर्मचारीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने तथा नियमित गस्ती र निगरानीलाई सहज बनाउने योजनालाई प्राथमिकतामा राखिएको जनाइएको छ।

निकुञ्जका विभिन्न पोस्टमा बाटोघाटोको सरसफाइ, हात्तीको व्यवस्था र सवारीसाधनको मर्मतसम्भारले वन क्षेत्रमा कर्मचारीको आवागमन तथा नियमित गस्तीलाई सहज बनाउने अपेक्षा गरिएको छ।

यी कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा वन्यजन्तुको संरक्षण, चोरीसिकार नियन्त्रण तथा निकुञ्ज क्षेत्रको नियमित अनुगमनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close