नारायणगढ–मुग्लिङ सडकखण्ड अबरुद्ध , सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

काठमाण्डाै । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे खसेको सुक्खा पहिरोले सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार बिहान ५ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई वटा डोजर पहिरो पन्छाउन खटिएका छन् । सडकमा खसेको पहिरो हटाउन थप डोजर ल्याउने तयारी पनि भएको छ । पहिरो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

मुग्लिङ-नारायणगढ सडक खण्डमा दिनहुँजसो पहिरो खसिरहेकाले यो सडक हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह छ । अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र काम विशेषले हिँड्दा पनि सडकको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको अनुरोध छ ।

यसपालिको बर्षा सुरु भएसँगै मुग्लिङ-नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा निरन्तर पहिरो खसिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close