
वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालकी प्रमुख प्रशासकीय अधिकृत भूमिका अधिकारी नेपाल प्रहरी दिवसको अवसरमा सम्मानित हुनुभएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साद्वारा संयुक्त रूपमा आयोजित ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा अधिकारीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो।
नेपाल प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याएको योगदानको कदर गर्दै अधिकारीलाई सम्मान गरिएको प्रशंसापत्रमा उल्लेख छ।
प्रहरी संगठनलाई आवश्यक सहयोग पुर्याउँदै सामाजिक सद्भाव कायम राख्न तथा नागरिक सेवाका क्षेत्रमा सकारात्मक योगदान दिएको भन्दै उहाँको भूमिकाको उच्च मूल्याङ्कन गरिएको हो।
सम्मानपत्रमार्फत नेपाल प्रहरीले आगामी दिनमा पनि अधिकारीबाट निरन्तर सहयोगको अपेक्षा गर्दै उहाँको उत्तरोत्तर प्रगति, सफलता र उज्ज्वल भविष्यको कामना गरेको छ।
नेपाल प्रहरी र स्वास्थ्य संस्थाबीचको सहकार्यले शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा नागरिक सेवाका क्षेत्रमा थप प्रभावकारी योगदान पुर्याउने विश्वास गरिएको छ। अधिकारीलाई प्रदान गरिएको सम्मानले प्रहरी र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।



