
जेठ १५ वीरगंज/ राजिङ्ग नेपाल पुर्नस्थापना केन्द्र पर्सा सहितको संस्थाहरुले ‘‘मानवलाई खाना खुवाउँने’’ अभियान अन्तर्गत वीरगंजको वसपार्कस्थित अलपत्र परेका मानिसहरुलाई आज तेस्रो दिन पनि खाँना तथा खाजा खुवाउने कार्य निरन्तर जारी राखेको छ ।
लकडाउनका कारण दैनिक ज्यालदारी तथा मजदुरी गरी खाने गरिब तथा विपन्न व्यक्तिहरुलाई खानाको समस्या भईरहेको बेला राजिङ्ग नेपाल पुर्नस्थापना केन्द्र तथा पर्सा जिल्लामा कार्यरत बिभिन्न लागु औषध पुर्नस्थापना केन्द्र आस्था नेपाल, निता फाउन्डेसन, बिस्वास, मुक्ति ब्लक बि र माया नेपालको सक्रिय सहभागिता र सहयोगमा मंगलबारदेखी ‘‘मानवलाई खाना खुवाउँने’’ अभियान संचालन गरि करिब ८० जना गरिब तथा विपन्न व्यक्तिलाई खाना खुवाउँने कार्यमा यी विभिन्न संस्थाका युवाहरु जुटेका छन् ।
वीरगंजको वसपार्कस्थित बस राख्ने टर्मिनलमा निःशुल्लक खाना खुवाउने व्यवस्था मिलाई आज बिहान भात, अण्डाकरी लगायतका पोषिलो एंव पौष्टिक खाना र दिउसो खाँजामा चिउरा र चानाको तरकारी खुवाएका थिए । त्यस्तै आज रातीमा भने भात, दाल र हरियो तरकारी खुवाउने तयारीमा जुटेको राईजिङ्ग नेपाल पर्साका अध्यक्ष मन्टु गिरीले बताए ।
यस अभियानमा रिकभरिंग नेपाल प्रदेश २ तथा स्थानीय युवाहरु अनिल सिंह, अजय श्रेष्ठ, राजेश साक्य, हरि जिले पनि सक्रिय भूमिका निर्वाह गरेका छन् ।
लकडाउनले प्रभावित गरिब तथा विपन्नहरुलाई खाना खुवाउँने यस अभियानमा यी संस्थाहरुका गौरव बर्मा, आयुष भुजेल, विनय तामाङ्ग, श्याम लामा, संतोष थापा लगायतका युवाहरु जुटेको अध्यक्ष मन्टु गिरीले बताए ।
लकडाउन प्रभावितलाई आफ्रूहरुले भ्याएसम्म निरन्तर रुपमा दिनहुँ खाना खुवाउने व्यावस्था गरेको अध्यक्ष गिरीले बताए ।




