
नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष तथा भौतिक पुर्वधार बिकास मन्त्री कृष्ण यादवले बिकास को गति लाई जोरो सोर ले अगाडि बढाएका छन ।मन्त्री यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको प्रदेशका गौरवका आयोजनाहरुको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको बताएका छन ।
आज रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा आइपुगे का मन्त्री यादव ले माधव नारायण नगरपालिका नगर प्रमुख बैजनाथ प्रसाद यादव लाई नगरपालिका को बिकास को काम मा गति बढाउन सम्पुर्ण शक्ति लागाउन निर्देशन दिनु भएको छ । नगरपालिका का जनता तथा नेताकार्यकर्ता र जनसमुदायहरुसंग भेटघाट गर्दै गुनासो सुन्नु का साथै समस्या को समाधान गर्न समेत निर्देशन दिनुभएको छ।
त्यस्तै उनले जनताको आवश्यकता अनुसारको योजना कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै बिकास को काम लाई आफू छिटो भन्दा छिटो सकाउन निर्देशन दिएको बताएका छन । त्यस्तै उनले प्रक्रियामा नअल्झिइ विकास निर्माणका कामलाई तीव्रता दिन समेत निर्देशन दिएको बताए । अहिले केन्द्रिय सरकार ले मधेश प्रदेश मा अरु प्रदेश भन्दा कम बजेट पठाए पनि प्रदेश को विकास को लागि बजेट बिनियोजन गरि काम अगाडि बढाएको बताए । आफू नागरिकलाई अनुभूति हुने काम गरि रहेको तथा जनता ले पनि साथ सहयोग गरि रहेको बताए ।




