मधेस प्रदेशमा सशस्त्र प्रहरी बल बाहिनी प्रमुखको रुपमा कालीदास धौबजीको आगमन

मधेस प्रदेशमा सशस्त्र प्रहरी बल बाहिनी प्रमुखको रुपमा कालीदास धौबजीको आगमन

राहुल गुप्ता
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना नायव महानिरीक्षक (डीआईजी) तथा र १८ एसएसपीहरुको सरुवा गरे संगै मधेस प्रदेशमा प्रहरी नायव महानिरीक्षकको रुपमा कालीदास धौबजीको आगमन हुने भएको छ ।

२०७८ साल असार२२ गतेका दिन एसएसपीबाट बढुवा भइ डीआईजी बनेका धौवजी कुसल प्रहरीको रुपमा रहेका छन।अहिले मधेस प्रदेशमा भारतिय सिमाबाट हुने तस्करीलाई रोक्न मुख्य चुनौतीको रुपमा यिनले सामना गर्नु पर्नेछ।

मधेस प्रदेशको आठ वटै जिल्लाको सीमा नाका तस्करको उर्वर भूमि बनेको छ। यहाँको विभिन्न नाकाबाट मटर,मरिच,मदिरा,छोकरा,स्याउसहितका सामग्रीको भारत तस्करी फस्टाएको छ।पारिबाट चिनी,दाल,चामल, मोटरपार्ट्स देखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक रुपमा हुने गरेको छ।

तस्करहरु संग मिलेर सशस्त्र प्रहरी,नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको तथा यिनलाई रोक्न नया डीआईजी धौवजीको मुख्य चुनौती हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close