१३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना कैदिबन्दी रिहा ।

१३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना कैदिबन्दी रिहा

वीरगन्ज , जेष्ठ १५ गते बिहीबार ।

१३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन् ।
योसंगै प्रदेश २ मा रिहा हुनेको संख्या १२ पुगेको छ । प्रदेश २ को सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना र महोत्तरी कारागारबाट २ जना गरी जम्मा १२ जना कैदी गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।

पर्सा कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान, दस्तखत किर्ते, बन पैदावार र अङ्गभङ्ग मुद्दामा एक-एक जना गरी सात जनाको रिहा गरिएको छ ।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरुको रिहा गरिएको पर्सा कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताए ।

रिहा हुनेमा असल चाल चलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकार प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दा बाहेकका कैदीहरुलाई रिहा गरिएको उनले बताए ।

रिहा भएका कैदीहरुलाई अबिर टिका लगाई विदाई गर्दै कारागार प्रमुखले सामाजिक करणको प्रकृयामा सफलता मिलोस् र कुनैपनि अपराधिक गतिविधिमा संलग्न नहोस् भन्ने शुभकामना समेत व्यक्त गरेका थिए ।

लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वोसहित जन्मकैद र चेलीबेटि बेचविखन लगायत १९ प्रकारका गम्भिर मुद्धा हो । यी मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेपनि आम माफि पाउँदैन । हाल पर्सा जिल्ला कारागारमा ९१ जना महिला सहित १२७२ जना मध्ये कैदीबन्दीहरु विभिन्न मुद्धामा जेल सजाय काटि रहेका छन ।

यस कारागारबाट पुरुष कैदीहरुको सिफारिस गरिएपनि कानुन बमोजिम मापदण्ड पुरा नभएपछि महिलाहरुको आममाफीको लागि सिफारिस नगरिएको कारागार प्रमुख पोखरेलले बताए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार देशभरीकै कारागारबाट २ सय ३३ कैदी रिहाको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् । त्यसमध्ये प्रदेश २ मा १२ जना कैदीहरुको सजाय मिनाहा गरिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close