संसदीय समितिको निर्देशन : पिसिआर परीक्षणको संख्या बढाउन तत्काल आर्थिक प्याकेजको घोषणा गर्नू   

संसदीय समितिको निर्देशन : पिसिआर परीक्षणको संख्या बढाउन तत्काल आर्थिक प्याकेजको घोषणा गर्नू

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोना भाइरसको परीक्षणको लागि आरडिटी विधिभन्दा पिसिआर विधिलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।

शनिबार बसेको समिति बैठकले आरडिटी विधि प्रभावकारी नदेखिएकाले तत्काल सो विधिलाई न्यूनीकरण गर्दै पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

यसको साथै, समितिले नेपाल भारत सीमाका सबै जिल्ला सदमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टिनहरूलाई अझै व्यवस्थित गर्न समेत भनेको छ।

स्थानीय तहमा मापदण्ड अनुरूप क्वारेन्टिन नभएको भन्दै गुनासा आइरहेका छन्।

समितिले पिसिआर परीक्षणको संख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न समेत निर्देशन दिएको छ।

पछिल्लो समय नेपालमा दिनदिनै संक्रमणको संख्या वृद्धि हुँदै गइरहेको छ। मुख्यत:भारतबाट आउनेहरूमा संक्रमण देखिएको छ।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close