बिरगंज उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न ।

बिरगंज , चैत्र २० गते शुक्रबार ।

बिरगंज उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
एक कार्यक्रम बीच आज बिरगंजको होटेल क्लार्क रिसोर्टमा प्रमुख निर्वाचन आयुक्त बालमुकुन्द खरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो ।

बिरगंज उद्योग बाणिज्य संघको ४५ औं साधारण सभाबाट सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका सुबोध गुप्ता सहित अन्य निर्वाचित भएका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रबाल ( पटवारी) , द्वितिय उपाध्यक्ष हरि गौतम , सर्वसम्मत भएका महासचिव मनोज कुमार दास , कोषाध्यक्ष नवनित अग्रवाल , सहकोषाध्यक्ष अन्कित चाचान लगायतलाई प्रमुख निर्वाचन अधिकारी बालमुकुन्द खरेलले सपथ खुवाउनु भएको थियो
प्रदेश न.२ का माननिय मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा पर्सा क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य माननीय प्रदिप यादव , बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , नेपाल उद्योग बाणिज्य महासघका अध्यक्ष चन्द्र प्रकाश ढकाल , प्रदेश न.२ का अध्यक्ष गणेश लाठ , बिरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा , नेकपाका नेता रहबर अन्सारीले नवनिर्वाचित पदाधिकारीलाई सुभकामना दिएका थिए ।

सपथ ग्रहण कार्यक्रम बिरगंज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडियाको अध्यक्षमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close