
‘योजनाहरू चौक चौकमा ठूलो ठूलो फोटो सहितको बोड मै सीमित रहयो, मंत्री ज्युको गाउको मुख्य बाटोको दृश्य’
बिरगंज , जेष्ठ १७ गते शनिबार ।
वड़ा अध्यक्ष, गाउपालिका प्रमुख, विधायक (आफै), प्रतिनिधिसभा क्षेत्र सबै तपाईकै पार्टीले जितेका छन र हाल तपाई प्रदेश न. ०२ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेनु भएको छ, एउटा राजनीतिकर्मीको लागी विकास गर्न चाहेमा यस् भन्दा राम्रो अर्को हुनै नसक्ने सुवर्ण अवसरको बेलामा प्रदेश न. ०२ का भिता भिता आफ्नो ठुलो फ़ोटोमै सीमित मात्रै रहने होकि यहाँ कुनै विकास निर्माणको काम पनि गर्ने हो, माननीय मंत्री ज्यूँ? तपाईको आफ्नै गाउको मुख्य बाटो आज हल्का पानी पर्नाले दृश्य यस्तो आएको छ, झन बरसातमा कस्तो हुने होला कल्पना गरनुहोस, अनुरोध गर्दछु। तपाईको गाउपालिका प्रमुख ज्युले पनि यसमा यस अघि नै रु ९० लाख जति बजेट पनि खर्ची सक्नु भएको छ। के तपाईहरूको आधुनिक विकास को योजनाहरू ईनै हुन त? अझ समय छ, कुनै सहयोग गर्नु पर्दछ, भन्नुहोस हामी सहयोग गर्नेछौ, तर विनती छ कृपया तपाई जनकपुर बस्दा-बस्दै पनि तपाई आफ्नो जिल्ला, आफ्नो क्षेत्र, आफ्नो गाउको जनताहरूको बारे पनि ख्याल गरीदिनुहोस। धन्यवाद।




