बिश्व बाताबरण दिवसको अवसरमा ग्रिनसिटि सामुदायिकद्वारा बृक्षाराेपन ।

बिरगंज , जेष्ठ २३ गते शुक्रबार ।

बिश्व वातावरण दिवसको अवसरमा बिरगंज आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीले आदर्शनगरको विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले ४० वटा विभिन्न प्रजातिका बृक्षारोपण गरेका हुन।

कोभिड १९ को जोखिम लाई मध्यनजर गर्दै मास्क र सामाजिक दुरी कायम गरि ग्रीन सिटी सामुदायिक सेवा केन्द्र ले २०२० को वातावरण दिवस को अवसर मा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि आदर्श नगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरीले बृक्षारोपण गरि कार्यक्रम उद्घघाटन गरेका थिए।

बिश्व वातावरण दिवसको अवसरमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका सम्पुर्ण पदाधिकारीले समेत बिरुवामा रोपी पानी हाली कार्यक्रममा सहभागीता जनाएका थिए । सो कार्यक्रममा बुद्धिजिबी समुदायका ब्यक्ति बिशेषको सहभागीता रहेको थियोे भने समुदाय सेवा केन्द्रका संजय शर्मा, सर्फुदिन मिया, त्रीलोक चन्द्र दारुका, राकेश अग्रवाल, बिकाश रुङ्ग्टा लगायतको सहभागिता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close