जवानबाट कुटिए सशस्त्र प्रहरीका कमाण्डर

२६ जेठ, कैलाली । सशस्त्र प्रहरी बलको एउटा युनिटका कमाण्डर मातहतका कर्मचारीबाट कुटिएका छन् । कैलालीस्थित नेपाल–भारत सीमा भुइयाफाँटा बोर्डर आउट पोष्ट (बीओपी) मातहत रहेको अस्थायी चेक पोष्ट, बड्किपलिघाटका प्रमुख सई रामबहादुर टेर र हवल्दार दौलतसिंह धामी कुटिएका हुन् ।

त्यहीँ कार्यरत सशस्त्र प्रहरी जवान जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले शनिबार साँझ उनीहरुलाई कुटपिट गरेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ भने अहिले अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविण श्रेष्ठले अनलाइनखबरलाई बताए । कुटपिट हुन थालेपछि छुट्टयाउन गएका पनि घाइते भएका हुन् ।

एसएसपीको नेतृत्वमा छानविन समिति गठन

घटनाको विषयमा सशस्त्र प्रहरी बलको मुख्यालयले छानविनका लागि ७ नं. बाहिनीका एक जना वरिष्ठ अधिकृतको नेतृत्वमा छानविन समिति बनाएको छ ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेषबहादुर शाहको नेतृत्वमा एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र एक जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सदस्य रहेको छानविन समिति बनाएको हो ।

समितिले गरेको प्रारम्भिक छानविनमा दुई जना जवानले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको निष्कर्ष निकालेको छ । साथै, उनीहरुलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

जवानले विदामा बसेको बेलाको रासनमा अनियमितता गरेपछि कुटेको बयान दिएका छन् । त्यससम्बन्धमा पनि छानविन भइरहेको जनाइएको छ ।onlinekhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close