बिरगंजमा बन्दाबन्दीको मौका छोपी मेडिकल उपकरण ( पल्स जाच गर्ने मेशिन) बढी मुल्यमा बिक्री गर्ने तिवारी पक्राउ ।

बिरगंज , बैशाख २५ गते शनिबार ।

पर्सा प्रहरीले आज नगवाबाट मेडिकल उपकरण बढी मुल्यमा बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा औषधि पसल खोली बस्ने पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.१६ नगवा बस्ने बर्ष ३२ को रामहरी तिवारीले औषधि पसलमा रु. १९००/- पर्ने अक्सिमिटरलाई रु. ३५००/- भन्दा बढी मुल्य लिई बिक्री गरि कालो बजारी गरेको भन्ने सूचना प्राप्त भएको हुदा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको प्रहरी टोलिले शुक्रबार दिउसो ५:३० बजेको समयमा निज रामहरि तिवारीको पसल रित पुर्वक खानतलासी गरि उक्त पसलबाट अक्सिमिटर १२ थान, बरामद गरि निज रामहरी तिवारीलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धि कसुरमा अनुसन्धान अगाडि बढाईएको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रहार डेलीलाई जानकारी दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close