नेपालको झण्डा जलाउने भारतीय मुस्लिम पार्टी ए.आई.एम.आई.एम. विरुद्ध वीरगन्जमा प्रदर्शन(भिडियो सहित)

वीरगन्ज– नेपालको झण्डा जलाउने भारतीय मौलाना विरुद्ध वीरगन्जका स्वतन्त्र युवाहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् । शनिबार वीरगन्जको घण्टाघर स्थित भेला भएका स्वतन्त्र युवाहरुले नेपाली झण्डा जलाई नेपालीको अपमान गर्ने भारतीय मुस्लिम पार्टीका मौलाना विरुद्ध वीरगन्जमा प्रदर्शन गरेको हो ।

जेष्ठ ३२ गते अर्थात १४ जुन २०२० मा भारतको हैदरबादका असदुदीन औबेसीका पार्टी आँल इंडिया मजलिस ए ईत्तेहादुल मुस्लिमीन (ए.आई.एम.आई.एम) का पार्टीका उत्तरप्रदेश प्रतापगढ जिल्लाका अध्यक्ष मौलाना ईसरार अहमदले नेपाली झण्डा जलाई नेपालीको अपमानीत गरेको थियो ।

त्यसकै विरुद्धमा वीरगन्जका स्वतन्त्र युवाहरुले प्रर्दशन सहित उनको पोष्टर जलाएर विरोध जनाएका हुन् । युवाहरुले घण्टाघर स्थित व्याहुत गल्लीबाट निकालेका विरोध जुलुस नगर परिक्रममा समेत गरेका थिए । विरोध जुलुसमा सहभागि युवाहरुले नेपाली झण्डा जलाउँने भारतीय नागरिक मुर्दाबाद, नेपाल भारत सम्बन्ध अमर रहोस्, नेपाली झण्डा जलाउँने मौलानालाई कारवाही गर लगायतको नारा अंकित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

नेपाली झण्डा जलाउँने मौलाना विरुद्ध प्रर्दशन गर्दा प्रहरीले समेत हस्तक्षेप गरेको थियो । घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस, माईस्थान, महाबिरस्थान, आदर्शनगर हुदै कैलाश चोक पुग्न लाग्दा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पर्नेरुको नेतृत्वमा रहेको प्रहरीले विरोध जुलुस हस्तक्षेप गर्दै अगाडी बढ्न नदिएपछि प्रहरी विरुद्धनै चर्को नारा बाजी गरेका थिए ।

प्रहरीले विरोध जुलुस अगाडी बढ्न नदिएपछि आर्दशनगरको मुख्य सडकमै बसेर झण्डा जलाउँने विरुद्ध र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरेका थिए । नेपाली झण्डा जलाउँने विरुद्ध शान्तिपूर्ण जुलुस निकाल्दा पनि प्रहरीले हस्तक्षेप गरेर आफनो आन्दोलनमा दबाउन खोजेको आरोप विरोध प्रर्दशनमा सहभागि विवेक गुप्ताले बताए ।

प्रर्दशनकारी बाटो छोड्न नमानेपछि अन्तमा प्रहरीले जुलुसलाई घण्टाघर तर्फ जान दिएको थियो । घण्टाघर पुगेको जुलुस केहि बेर प्रर्दशन सहित नेपाली झण्डा जलाउँने मौलाना लगायतको पोस्टर जलाउँन खोज्दा समेत प्रहरीले हस्तक्षेप गरी ब्यानर आफनो नियन्त्रणमा लिएको थियो ।

नाराजुलस कै क्रममा हातमा झुण्डाईएको ब्यानरमा आगो लगाएपछि प्रहरी निरिक्षक पर्नेरु सहितको टोलीले युवाहरुको हातबाट ब्यानर खोसेर आफनो नियन्त्रणमा लिएका थिए । र प्रर्दशनकारीलाई तितरवितर गरेका हुन् । । विरोध जुलुसमा सहभागि कृष्ण चौरसियाले दुईदेशको सम्बन्ध विगार्ने व्यक्तिलाई कारवाहीको लागि नै विरोध प्रदर्शन गरेको बताए ।

 

 

उनले भारतको युपीका मौलानाहरुले हाम्रो धार्मिक भावना संग खेलवाड गरी हाम्रो राष्ट्रिय झण्डा जलाई नेपालीलाई अपमानीत गरी नेपाल र भारत बिच लडाउँने षडयन्त्र गर्ने खोजेको बताए । उनले भने– यस्ता उर्चिङ्गखल गतिविधि गर्ने मौलानाहरु माथि कारवाहीको लागि सरकारले पहल गर्नुपर्छ।’thenepaltop

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close