
भवन र भावनाहरु
ऊँचा ऊँचा काठको टीला र सीमेंटको ढिक्कोभित्र कुप्रियर बनेका महलहरु,
त्यसै संग उठिएका नया नया इमारतहरुको सतहमा,
जब म चिच्याउछू,जब म चीत्कारछू,
खोई सीमेंट र काठको टिला टस्माउदैन ।
उखेक्रा,बिग्रेका र त्यसपछि झुमरेका रंगीन आलीसानहरु,
त्यहाँ भएका कैयौ चुम्बन र आलिंगनहरु,
खोई हेर्छु, संतुष्टि पाउदिन।
सीमेंट,चुना निर्मित तत्वनै पाऊछू।
भावनाहरुमा जब आफ्नो मन टटोलदछू,
भवनहरुमा ऊँचाईमा जब आफ्नो तन खखोलछू,
जब झर्छु,तल भएर आफ्नो अस्तित्व तोलछु,
सायद अ, ऊँचाई छ भावनाहरुमा,
सायद अ, दरिद्र छन भवनहरु।
भवनको कुनै शोक छैन,
उसको कुनै दोष छैन,
भावनाहरुमा ठाढ़िएको जीवनरूपी स्पर्श,
भवनले के नै हेर्न सकोस।
खतलोने प्रयास जारी छ।
भवनहरुमा भावनाको खोज जारी छ।
कहिल्यै सम्म ,हुने हो,
भन्न सकीदैंन्न,तर प्रयत्न जारी नै छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




