मधेस ईन्जिनियर्स एसोसिएसनद्वारा २० थान ईलेक्टिर्कल थर्मश बिरगंजका मेयर बिजय सरावगीलाई हस्तान्तरण ।

बिरगंज , असार ०४ गते बिहीबार ।

मधेश ईन्जिनियर्स एसोसिएसन र समाजीक सुधार समितीले बिहिबार वीरगंज महानगर पालिकालाई आईशोलेशनमा रहेका कोरोना पोजेटिभको लागि २० थान पानी गरम गर्ने इलेक्टि्रकल थर्मश प्रदान गरेको छ। उक्त थर्मश मधेश ईन्जिनियर्स एसोसिएसनका केन्द्रीय सचिव ई.रवि कुमार पटेलले आज वीरगंज महानगर पालिकामा पुगेर नगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरेका थिए ।

उक्त थर्मश बाट कोरोना पोजेटिभहरुले जुन बेला पनि तातो पानी खान पाउने छन। सो अवसरमा मधेश ईन्जिनियर्स एसोसिएसन प्रदेश नं २ का उपाध्यक्ष ई. प्रमोद यादव, पर्सा शाखाका अध्यक्ष ई. दयानन्द साह, सचिव ई.राजिव ठाकुर, सहसचिव ई.अभय कुमार चौरसिया लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close