
बिरगंज , असार १४ गते आइतबार ।
लायन्स क्लब अफ वीरगंज परिवारकाे अध्यक्षमा श्याम गुप्ता चयन हुनुभएको छ ।
लायन्स बर्ष २०२०/२०२१ का लागि लायन्स क्लब अफ वीरगंज परिवारकाे अध्यक्षतामा गुप्ता चयन भएको क्लबले प्रहार डेलि न्युजलाई जानकारी गराएका थिए ।
त्यसैगरि क्लबकाे प्रथम उपाध्यक्षमा प्रकाश श्रीवास्तव, द्वितिय उपाध्यक्षमा अशाेक वेरिवाल, तृतिय उपाध्यक्षमा संदिप गुप्ता, सचिवमा रवि सरार्फ, काेषाध्यक्षमा सुकेश्वर बहादुर घिमिरे लगायत चयन हुनु भएको छ ।
क्लबका अध्यक्ष बासु तिमिल्सिनाकाे अध्यक्षतामा भएकाे पद हस्तान्तरण कार्यक्रमकाे प्रमुख अतिथी एरिया चिफ राघव अाचार्य रहेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




