छठ पर्बको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट्स क्लब ध्दारा रक्तदान कार्यक्रम सम्पन्न।

वीरगंज, पर्सा

हिन्दूहरूको महान पर्ब छठको उपलक्ष्यमा वीरगंज स्थित घडिअर्वा स्पोर्ट्स क्लबले रत्कदान कार्यक्रम सम्पन्न गरेको छ।

घडिअर्वा स्पोर्टस क्लवको आयोजनामा घडिअर्वा पोखरीमा गरेको रक्तदान कार्यक्रम मा ८२ पोका रगत संकलन भएको छ ।

छठ पर्बको पहिलो दिन अर्थात नहाय-खायको अवसरमा घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा २ महिला सहित ८२ जनाले रक्तदान गरेका छन।

घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष लखनलाल गुप्ताको सभापतित्व र वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात वीरगञ्ज महानगरपालिका का कार्यपालिका सदस्य सुशील कुमार कानुले रक्तदान गरेर शुभारम्भ गर्नु भएको थियो ।

घडिअर्वा स्पोर्ट्स क्लबले प्रत्येक वर्ष छठ पर्वको अवसरमा रक्तदानको आयोजना गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close