कृषि बिकास बैंकद्वारा पोखरियामा रहेको क्वारेन्टाइनका लागि बेड हस्तान्तरण

राजन कुमार बानिया
पोखरिया १६ असार
कृषि बिकास बैंक शाखा कार्यालय पोखरियालेे पोखरिया नगरपालिकालाई बेड र सिरक हस्तान्तरण गरेको छ ।
मंगलबाए एक कार्यक्रमको आयोजना गर्दै शाखा प्रमुख रघुनाथ मुखियाले नगरप्रमुख दिपनारायण रौनियारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।विपद्को समयमा बैंकले सहयोग गरेकोमा मेयर रौनियारले धन्यवाद दिएका थिए ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट बचाउनका लागि निर्माण गरिएको क्वारेन्टाइन र आईसोलेसन वार्डका लागि ६/६ वटा बेड र सिरक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पोखरिया नगरपालिकाका प्रशासन शाखा अधिकृत विजय झा,जनता समाजबादी पार्टीका नेता निजामुदिन समानी, सामाजिक शाखा प्रमुख बिनोद पाण्डे, कृषि बिकास बैंकको कर्जा शाखाका प्रविन झा, प्रसान्त झा, महमद गनि अंसारी, राजु रौनियारलगायतको सहभागिता थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close