CDEN पर्साको दोस्रो अधिबेशन बिरगंजमा सम्पन्न

CDEN पर्साको दोस्रो अधिबेशन बिरगंजमा सम्पन्न
नेपाली कांग्रेसको ईन्जिनियरिङ शुभेच्छुक संस्था रहेको CDEN(Central For Democratic engineers’ Nepal)पर्सा जिल्लाको दोस्रो अधिबेशनबाट जिल्ला अध्यक्षमा ई.प्रियान्शु रौनियार चयन भएका छन।

आज एक कार्यक्रमका बिच अध्यक्ष पदमा ई.प्रीयन्शु रौनियार लाई चयन गरिएको छ। त्यस्तै सचिव पदमा ई .बेद प्रकाश पटेल लाई निर्बिरोध चयन गरिएको छ।आज भएको उक्त अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस उप- सभापति राम नारायण कुर्मी रहेका थिए। उनले आफ्नो मन्तव्य राख्दै भने अहिले प्रजातन्त्रको अवसर रहेको र देशमा प्रजातन्त्र ल्याउन नेपाली कांग्रेसको नेतृत्वमा सब भन्दा पहिलो आन्दोलनको सुरुवात बिरगंजबाट भएको थियो।त्यस्तै प्रजातन्त्र प्राप्त भएपछी सबभन्दा पहिला भएको चुनावमा नेपाली कांग्रेसले बिरगंजबाट नै विजय हासिल गरेको थियो ।

आज भएको उक्त कार्यक्रममा विशिष्ट अथिथि CDEN
मधेस प्रदेश सभापति ई.मनोज दास रहेका थिए भने अथिथि ई.श्याम किशोर यादव ,ई.राज किशोर भिनवार ,इ. राम ईश्वर यादव , इ.उमेश दास र इ.प्रविन यादव रहेका थिए ।

आजको कार्यक्रमको सभापतित्व इ.लालबाबु चौरसीया गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close