गजल

गजल

देख्दा जति राम्रो छौ तिमी त्यति असल बानी
अरुको भावनाको कदर गर्ने तिमी कति ज्ञानी

गर्दैनौ कहिल्यै जिद्दी बुझ्छौ हरेक वातावरण
जन्म जन्म सम्म बन्न पाऊ तिम्रै दिलकी रानी ।।

खै के लेखेको छ भाग्यमा मेरो रोजाई तिमी हौ
दु:ख सुख साटेर दुवैकासँगै बिताउला जिन्दगानी

थाहा छैन के हुने हो भोलि आज हाँसेर बाँच्चौ
जीवन बिहानी सँगै तर्किजाने करकलाको पानी

यदि भगवान कतै छन् भने त्यो तिमीमा पाउछु म
मनमा राखी पुज्न पाए ठान्थे आफूलाई भाग्यमानी
#म

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close