
स्वच्छ तथा व्यवस्थित बिरगंज अभियान अन्तर्गत सडक पेटि अतिक्रमण हटाउने एवं सरसफाइ कार्यक्रम सम्पन्न ।
बिरगंज , असार २४ गते बुधबार ।
स्वंच्छ तथा व्यवस्थित बिरगंज अभियानको लागि सामुदाय प्रहरी साझेदरी अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताका अध्यक्ष शालिकराम प्रसाद साह कानुको अध्यक्षतामा र जिल्ला प्रहरी , जिल्ला ट्राफिक प्रहरी, विपत्त व्यवस्थापन प्रहरी,नगर प्रहरी, वडाध्यक्षज्यू, सामाजिक संघ संस्था एंव क्लबका पदाधिकारीहरुको उपस्थितीमा बिर्ता माई मन्दिर देखि नारायणी अस्पतालसम्म “सडक पेटी अतिक्रमण हटाउने एवं सरसफाई कार्यक्रम” सप्पन्न भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरको विशेष उपस्थितिमा भएको सरसफाइ कार्यक्रममा वडा न.४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु , वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णलार , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , मार्टिन मुक्तान , हेमन्त तामाङ , सामुदायिक सेवा केन्द्र बिर्ताका मजिद मिया अन्सारी , अनिल प्रधान ,!भगवती युवा क्लबका सन्जय श्रेष्ठ ,बिर्ता युथ क्लब , न्यु टाईगर क्लब ,बिरगंज स्प्रिट क्लब , पहल सस्था लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




