हिन्दु स्वंयसेवक संघ नेपाल द्धारा वीरगन्जमा प्राथमिक शिक्षा वर्ग आरम्भ शिक्षाको साथ साथ व्यवहारिक र समाजिक शिक्षा आवश्यक छ — बैद्य

पर्सा ३१ असोज ।
हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले वीरगन्जमा सात दिने प्राथमिक शिक्षा वर्ग (प्रशिक्षण) कार्यक्रम आजदेखि शुरु गरेको छ । वीरगन्जको रानीघाट स्थित रेल्वे माध्यमिक विद्यालयको प्रारङ्गणमा शुरु गरिएको प्राथमिक शिक्षा वर्गको उदघाटन संघका विभाग संघचालक अशोक बैद्यले विधिवत रुपमा गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै संघचालक बैद्यले शिक्षाको साथ साथ व्यवहारिक, समाजिक र संस्कारिक शिक्षाको आवश्यकता औल्याउनु भयो । संगठन नै अनुशासन हो, संगठन नै विजय शक्ती हो, प्रशिक्षणमा सहभागि परिक्षार्थीहरुले अनुशासित र संगठित भएर अत्याधिक लाभ उहाँले शिक्षार्थीहरु संग आग्रह गर्नुभयो ।

शिविरबाट प्राप्त ज्ञानले समाज र राष्ट्रको हितको लागि अनुशासित र संगठित भएर काम अगाडी बढाउँन उहाले सुझाव दिनुभयो । अहिले देशमा हिन्दु धर्ममाथि चौरर्फी रुपमा प्रहार गर्ने काम भईरहेको बताउँदै यसलाई निरुत्साहित गर्न हिन्दु समाज संगठित हुनुपर्ने बताउनु भयो ।

असोज ६ गतेसम्म संचालन हुने प्राथमिक शिक्षा वर्गमा पर्सा र बारा गरी ५४ जना सहभागि शिक्षार्थीहरु सहभागि छन । उनीहरुलाई मुख्य ६ जना प्रशिक्षकले शारिरीक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतको विषयमा प्रशिक्षण दिईरहनु भएको छ । शिक्षा वर्गलाई १५ जनाको समूहले व्यवस्थापन मिलाएको छ ।

उद्घाटन कार्यक्रममा हिन्दु स्वंयसेवक संघ नेपालका राष्ट्र कार्यवाह मुर्ली निरौला, शिक्षा वर्गका वर्गाधिकारी सत्रुधन गिरी, संघका पर्सा जिल्ला संघचालक ललन द्धिवेदी लगायतका सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close