
मकवानपुर जिल्ला बैकया गाउँपालिका वडा न :- ८ दमनगर बस्ने बर्ष ५३ को पुर्ण बाहदुर वाईबा दुबै मृगौलाले काम नगेरेको भएककाले मलेसिया बाट अमिर लोप्चनको पहलमा आर्थिक सहयोग गरिएको छ।
उहाँ अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेका छ।
बिरामी पुर्ण बहादुर वाईबाको आर्थिक स्थित कम्जोर भएको कारणले देश तथा बिदेशमा रहनु हुने आम नेपाली सहयोगिमनहरु प्रती सहयोगको अपिल गर्नु भएको थियो। यसै क्रममा नेपाल तामाङ कलाकार संघ मलेसियाका महासचिव,नेपाल तामाङ घेदुङ मलेसियाका सचिव समेत रहनु भएका अमिर लोप्चनको सक्रियतामा मलेसियन RM = ३,६१५ (तीन हजार छ सय पन्ध्र) रिंगेट सहयोग संकलन भएको थियो।।
उहाँ संगै अन्य साथिहरु रोज स्याङतान,सुर्य स्याङतान,टीका राम बोम्जन पनि सक्रिय भै सहयोग संकलन भएको र उक्त संकलित RM =३,६१५ (तीन हजार छ सय पन्ध्र) अर्थात १०१,०२८ (एक लाख एक हजार अठ्ठाईस) रुपैयाँ बराबर रकम मृगौला पिडित वाईबाको श्रीमति रम्जना वाईवा को नाममा जम्मा पठाईएको हो। साथै यस्तो माहामारीको बेला पनि आफ्नो खाना खर्च बाट छुट्याएर बिरामिको घाउमा मलम लगाउन सघाउ पुर्याउनु हुने सम्पुर्ण सहयोगि दाताहरु प्रती लोप्चनले आभार प्रकट गरिएको छ।