बृहत वृक्षारोपन कार्यक्रम सम्पन्न ।

वीरगंज, साउन १० गते शनिबार ।

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगंज र लायन्स क्लब अफ वीरगंज जय गहवा माईले संयुक्त रूपमा शनिबार वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।

वातावरणलाई बचाऔं नारा सहित स्वच्छ , सफा र हराभरा हाम्रो बिरगंज अभियान अन्तर्गत लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ की जोन चेयरपर्सन लायन गुड्डी जोशीको अगुवाइमा भएको बृहत् वृक्षारोपन कार्यक्रममा विभिन्न प्रजातिका गरि करिब चार सय थान विरूवाहरु रोपिएको थियो ।

वातावरण संरक्षणको लागि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ का सातवटै क्षेत्रमा बृहत बृक्षारोपण कार्यक्रम गरी ११,१११ वटा बिरुवा रोप्ने योजना अनुसार डिभिजन वन कार्यालय वीरगंजको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रीक्ट ३२५ बी २ का एरिया को चिफ लायन बिनय बंसलले बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा सिसौ, अमला, राजवृक्ष, अशोक, गुलमोहर, निम, कल्की फुल, सगुवान, सिरीस, अर्जुन, बेल लगायतका ४ सय थान बिरूवाहरू रोपिएको जोन चेयरपर्सन लायन गुड्डी जोशीले जानकारी दिनु भयो ।

वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, रिजन चेयर पर्सन लायन उमेश शर्मा, डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन विजय गुप्ता, ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल, सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादव, जय गहवा माईकी अध्यक्ष लायन निला राम, ग्रीन क्याम्पसका सचिव लायन धिरज गुप्ता, लायन्स क्लबका सदस्य एवं बाईपास दैनिकका प्रबन्ध निर्देशक लायन धिरज दारुका, जि.पि.कोईराला फाउण्डेशन पर्साका कोषाध्यक्ष मनोहर साह, नेविसंघ ठाराब क्याम्पस ईकाई प्रमुख मनोज साह, लायन्स क्लबका सदस्यहरु लायन पुरुषोत्तम गुप्ता, लायन श्याम कुशवाहा, मनोज यादव, अमित चौरसिया, आशिष सुरेखा लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close