
राजन कुमार बानिया
पोखरिया ३२ सावन
पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं २ टिहुकी बाट अाज बिहान प्रहरी चौकी टिहुकी ले नेपाली नोट समेत एक जना कारोबारी लाई पक्राउ गरेको छ। झोलामा नेपाली नोट लिएर भिस्वा तरफ अाईरहेको अवस्था मा चेकजाँच को क्रममा नेपाली ३ लाख अाठ सय पचास रुपैया बरामद गरेको छ।प्रहरी चौकी टिहुकी का प्रहरी सहायक निरिक्षक पवन झा को नेतृत्व मा रहेको टोली ले मोटरसाईकल मा सवार लाई चेक जाँच गरने क्रममा तीन लाख अाठ सय पचास रुपया समेत हुन्डीकारोबरी लाई पक्राउ गरेको छ।
बरामद नगद रुपैयाँ को स्रोत नखुले को जनाए का छन।नगद समेत पक्राउ परेका हुन्डीकारोबारी छिपहरमाई गाउँपालिका वार्ड नं २ चरगाहा गाउँ निवासी सतेन्द्र कुमार गुप्ता रहेको छ।प्रहरी का अनुसार पक्राउ परेका गुप्ता हुन्डि कारोबारी रहेको छ।पक्राउ परेको कारोबारी पहिला देखिनै बिभिन किसिमका अबैध करोबार गर्दै अाई रहेको ले बिहान चेकजाँच गर्दा नगद समेत मोटरसाईकिल र हुन्डीकारोबारी लाई पक्राउ गरिएको छ। पक्राउ परेको गुप्ता को साथ बाट दुई वटा मोबाइल समेत बराम्द भएको छ।मोबाइल , नेपाली नं मोटरसाइकल ना ६५ प १७८१ नम्बर को मोटरसाईकल मा सवार हुन्डीकारोबारी र नगद रुपैया लाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाए को प्रहरी निरिक्षक चन्द्रसिंह ले जनाए का छन।
बरामद रकम को किसिम १ हजार को तीन सय ,१ सय को अाठ वटा,र पचास को एउटा रहेको प्रहरी ले जनाए का छन।




