चित्रान्स युवा समितिको आयोजनामा मिथिला चित्रकला प्रतियोगिता चित्रमञ्जरी सम्पन्न ।

बिरगंज , कार्तिक १४ गते शुक्रबार ।

चित्रांश युवा समितिको आयोजनामा मिथिला चित्रकला प्रतियोगिता चित्रमञ्जरी २०२० सम्पन्न भएको छ ।

२१ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको प्रतियोगितामा लिसा कर्ण प्रथम, दितिय सुभेक्षा कर्ण र सलोनी कर्णले तृतिय स्थान हासिल गरेका छन् ।

विजेताहरुलाई मेडल, प्रमाणपत्र तथा धनराशी प्रथमलाइ ५५५५/- दोस्रोलाई ३३३३/- र तेस्रो हुनेलाइ ११११/- सहित पुरस्कार वितरण गरिएको थियो ।

चित्रगुप्ता समितिका अध्यक्ष महेश दासको सभापतित्वमा भएको सो कार्यक्रममा पर्सा क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा रन्जिभ आनन्द, निता मल्लिकले निर्णायकको भुमिका निर्वाह गरेको चित्रांश युवा समितिका संयोजक राजन श्रीवास्तवले पर्सा पोस्टलाई बताउनु भयो ।

कार्यक्रमको सहजिकरण चित्रांश युवा समितिका सदस्य एवम् सञ्चारकर्मी विवेक कर्णले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close