पर्सा प्रहरीद्वारा लागु औषध चरेश ८ के.जी.५०० ग्राम र गाँजाको धुलो १ के.जी. बरामद ।

बिरगंज , भदौ ०९ गते मंगलवार ।

पर्सा प्रहरीले विशेष सुचनाको आधारमा आज मंगलवार अन्दाजी बिहान ८:२५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.५ स्थित मनिअर्वा स्कुल सडक खण्डमा पर्सा प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले ऐ.वडा नं.५ देउरिया बस्ने शंकर राय थारुको छोरा बर्ष ४५ को रामचन्द्र राय थारुले चलाउदै गरेको BR22AG 7372 नम्बरको अपाचे मो.सा. रोकी चेकजाँच गर्दा निजको साथबाट ४ के.जी.५०० ग्राम लागु औषध चरेश, गाँजाको धुलो ५०० ग्राम र पछाडी सवार ऐ.ऐ.बस्ने जितन ओझइयाको छोरा बर्ष ५० को जनार्धन ओझइया थारुको साथबाट ४ के.जी.लागु औषध चरेश, ५०० ग्राम गाँजाको धुलो गरी जम्मा ८ के.जी.५०० ग्राम लागु औषध चरेश र १ के.जी.गाँजाको धुलो, BR22AG 7372 नम्बरको अपाचे मो.सा.समेत दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close